२०८१ वैशाख १५ गते | 27th of April 2024

काँग्रेसको १४औँ महाधिवेशनको बन्द सत्र केही बेरमा सूरु हुदै

खुल्लामन्च
 प्रकाशित: २०७८ मंसिर २४ गते १२:३६

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको बन्द सत्र  केही बेरमा सुरु हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा  आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्द सत्र पनि उद्घाटन सत्र समापन भए लगत्तै सुरु गरिने कार्यक्रम रहेको बताउनुभयो ।  बन्द सत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *