काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री डा शशाङक कोइरालाले धर्म कहिल्यै निरपेक्ष नहुने बताउनु भएको छ । काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार उहाँले धर्म निरपेक्ष र सापेक्ष नभई स्वतन्त्र हुने बताउनु भयो । उहाँले नेपाल धर्म निरपेक्ष नभै धर्म स्वतन्त्र हुने बताउनु भयो । महामन्त्री डा कोइरालाले पार्टीका सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक रहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा कृषिमा बजेट विनियोजन बढाउँदै मुलुक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।