२०८१ वैशाख २१ गते | 3rd of May 2024

अमेरिकी पासपोर्ट बोकेर कांग्रेसको अधिवेशनमा समाजवादको भोट हाल्दै बास्तोला

खुल्लामन्च
 प्रकाशित: २०७८ मंसिर २७ गते १६:३९

काठमान्डौं – देशको सबैभन्दा ठुलो प्रजातान्त्रिक पार्टी भनिएको नेपाली कांग्रेसको विधान विपरित एक अमेरिकी नागरिक नेपाली कांग्रेसको चौधौं महाधिवेशन प्रतिनिधि बनेर आएको खुलासा भएको छ । नेपालबाट गएर अमेरिकाको नागरिकता लिएका विश्वराज बास्तोला १४ औं महाधिवेशनमा भोट हाल्नका लागि ‘नेजस अमेरिकाको अधिबेशन’ बाट मनोनित महाधिवेशन प्रतिनिधी हुन् । नेपाली कांग्रेसको विधान २०१७ अनुसार नेपाली कांग्रेसको सदस्य बन्न नेपाली नागरिक हुनैपर्ने अनिवार्य प्रावधान छ । विधानको दफा ४ को १ (क) ले यस्तो व्यवस्था गरेको छ ।

स्मरणीय छ, अमेरिकी कानुनानुसार यो देशको नागरिक भएपछी नागरिकता त्यागिएको देशको सबै सम्बन्धन त्यागेको कसम खानुपर्दछ । न्यूयोर्क राज्यको लङआइल्यान्डमा बसोबास गर्ने बास्तोला अमेरिकी सरकारको पासपोर्ट बोकेर नेपाल आएका छन् । सन् २०२० फेब्रुअरी २५ मा जारी भएको ६५८०१४५८५ नम्बरको अमेरिकी पासपोर्ट उनीसँग छ । लायन्स क्लबको सदस्यको हैसियतले अमेरिका छिरेका बास्तोलाले माओवादी पीडितको रुपमा शरणार्थी बनेर अमेरिकी नागरिकता लिएका हुन् । पोखरा हेम्जाका बास्तोला नेपाल शिक्षक संघको पुर्व केन्द्रिय सदस्य हुन ।

गैर आवसीय नेपाली संघ, अमेरिकाको निर्वाचित सदस्य समेत रहेका बास्तोला वर्तमान अध्यक्ष बुद्धी सुवेदीका विश्वास पात्र हुन । सामाजिक हैसियतका लागि सुवेदीको समुहमा पोईल गएका बास्तोला चुनाव अगाडी गौरीराज जोशीको समुहमा रहेका थिए । अर्का अमेरिकी नागरिक बेद खरेलसंगै समुह परिवर्तन गरेका बास्तोलाले एनआरएनएको बिधान समेत उल्लघंन गरेका छन । नेजसको विधानमा विदेशस्थित जनसम्पर्क समितिको सदस्य हुन समेत नेपाली नागरिक हुनुपर्ने प्रावधान छ । विधानको दफा १२ (क) मा भनिएको छ, ‘नेपाली कांग्रेसको सदस्यता प्राप्त गर्न योग्यता पुगेको व्यक्ति’ सदस्य हुने प्रावधान छ । बास्तोला जनसम्पर्क समिति लङआइल्यान्ड च्याप्टरका अध्यक्ष समेत हुन् ।

गैरआवासीय नेपाली संघले कुनै पनि राजनीतिक क्षेत्रमा सक्रियताको विधानतः निषेध गरेको छ । उनी वर्ष २०२१ मै अमेरिकाको गैरआवासीय नेपाली संघमा सदस्य भएका हुनु । गैरआवासीय नेपाली संघको विधान २००३ को प्रस्तावनामै संघलाई ‘गैरराजनीतिक’ भनिएको छ । बास्तोला मात्रै हैन अमेरिकाबाट ८ अमेरिकी नागरिकहरु अमेरिकी पासपोर्ट बोकेर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर नेपाल गएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *