२०८२ फागुन ९ गते | 21st of February 2026

कांग्रेस रुपान्तरणमा लागि रहन्छु : शेखर कोइराला

खुल्लामन्च
 प्रकाशित: २०७८ मंसिर २९ गते १४:०५

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका लागि प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालाले आफू आजैदेखि कांग्रेस रुपान्तरणको लागि लागिरहने बताएका छन्। बुधबार महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा सम्बोधन गर्दै उनले त्यसका लागि आफू घरदैलोमा लाग्ने बताए। उनले जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, अब पनि त्यसैगरी चल्न थाल्यो भने आफूहरु सशक्त ढंगले प्रस्तुत हुने बताए। उनले आफूहरु भागबण्डामा भने नलाग्ने बताए।

कोइरालाले आफ्नो पराजयलाई स्वाभाविक रुपमा लिएको बताए। ‘पार्टीभित्र कसले मलाई सहयोग गर्नुभयो। कसले गर्नुभएन। त्यो आफ्नो ठाउँमा छ। तर, तपाईंहरु जस्ता लोकतन्त्रप्रेमी साथीहरुले हाम्रो टिमले लिएको कदमको विजय सोच्नुभयो। हाम्रो राजनीतिक मुद्दा र अजेण्डा स्थापित भएको छ’, उनले भने। उनले नेपाली कांग्रेसभित्र युवापुस्ताका लागि आफूहरुले अवसरै अवसर खोलिदिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *