२०८१ चैत १२ गते | 26th of March 2025

एमसिसीबारे अहिले पार्टीभित्र कुनै छलफल भएको छैन : महासचिव पोखरेल

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २ गते १३:१०

काठमाडौं –  प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अमेरिकी सहयोग परियोजना एमसिसीबारे अहिले पार्टीभित्र कुनै छलफल नभएको बताएका छन्।  शुक्रबार केन्द्रीय कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्दै महासचिव पोखरेलले सरकारले संसदमा कुनै प्रस्ताव पेश नगरेकाले एमसिसीबारे अहिले कुनै छलफल नभएको बताए। ‘एमसिसीबारे सरकारले कुनै प्रस्ताव ल्याएको छैन। हाम्रो ध्यान अहिले संसदमा छ,’ पोखरेलले भने,‘हामीले कारबाही गरेका मान्छेलाई सभामुखले सूचना निकाल्नु भएन। अदालतले अहिलेसम्म यो मुद्दामा फैसला दिएको छैन। यो कुराको टुंगो नलागेसम्म संसद अवरोध जारी रहन्छ।’

पोखरेलले संसदको अवरोध हटाउन दुई विकल्प रहेको बताए। कि सभामुख अग्निप्रसाद सापकोटाले निर्णय सच्याउनु पर्ने नभए नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नु पर्ने उनको भनाइ छ। माधवकुमार नेपालसहित सांसदहरूलाई एमालेले कारबाही गरेको सूचना प्रकाशित नगरेकाले उनीहरूले पार्टी विभाजन गर्न पाएको भन्दै एमालेले लगातार संसद अवरोध गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *