२०८२ असोज २७ गते | 13th of October 2025

केपी ओलीको टिके पद भिम रावलले गरे अस्विकार

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष ३ गते ११:०४

काठमाडौं- एमाले नेता भीम रावलले आफूलाई सोध्दै नसोधी एमालेको सल्लाहकार परिषद्को अध्यक्ष बनाइएकोमा आपत्ति जनाएका छन्।  ‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार  परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधि कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ’, रावलले ट्विटरमार्फत आफ्नो प्रतिक्रिया व्यक्ति गरेका छन्।

रावलले टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने समेत स्मरण गराएका छन् । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी भएका रावल केपी ओलीसँग पराजित भएका थिए। केन्द्रीय सदस्यका लागि उनले उम्मेदवारी नदिएको त्यतिबेलै प्रष्ट पारेका थिए। जसअनुसार नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित उनी अहिले एमालेको केन्द्रीय सदस्य समेत छैनन्।

शुक्रबारको पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले रावललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यको जिम्मेवारी दिइएको महासचिव शंकर पोखरेलले जानकारी दिएका थिए। नीतिअनुसार नै रावलले सल्लाहकारको जिम्मेवारी प्राप्त गरेको उनको भनाइ थियो। ‘केन्द्रीय कमिटीमा हुनुहुन्न। त्यसैले त्यहाँ जिम्मेवारी प्रदान भएन। हाम्रो नीतिले नै उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्छ’, उनले भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *