२०८२ फागुन २९ गते | 13th of March 2026

वैशाख २० गतेभित्र एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष ७ गते १३:१५

काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख २० गतेभित्र एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने तयारी अघि बढाएको छ। यद्यपि, निर्वाचनको यकिन मिति भने घोषणा भइसकेको छैन। तर, आयोगले भने वैशाख २० गतेभित्रमा नै निर्वाचन सक्ने गरेर आवश्यक तयारी अघि बढाएको छ।

यसका लागि सरकारले निर्णय गर्नुपर्ने हुन्छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोग वैशाख २० गतेभित्र ७५३ वटै स्थानीय तहको निर्वाचन गर्नुपर्ने गरी आवश्यक तयारी भैरहेको बताए । अहिले देशैभर मतदाता नामावलीमा नाम दर्ताको काम चलिरहेको छ। यो प्रक्रिया आयोगले थप गरेर पुस २० गतेसम्म पुर्‍याएको छ। आयोगले सरकारलाई एकै चरणमा निर्वाचन गर्नुपर्ने आफ्नो धारणासहित सिफारिस गर्ने तयारी गरेको छ। यसअघि प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीहरुले गरेको छलफलमा पनि एकै चरणमा निर्वाचन गर्नुपर्ने सुझाव दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *