२०८१ वैशाख २० गते | 2nd of May 2024

दुई करोड १० लाख भन्दा बढी अमेरिकीसँग खानका लागि पर्याप्त स्रोत छैन

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष ८ गते ११:५४

काठमाडौं  – यूएस सेन्सस ब्युरोले दुई करोड १० लाख भन्दा बढी अमेरिकीसँग खानका लागि पर्याप्त स्रोत नभएको अनुमान गरेको छ । डिसेम्बरको सुरुतिर महामारीको राहत भुक्तानी सकिएको र किराना सामानको मूल्य वृद्धि भएकाले बिदाको मौसममा भोक बढ्दै गएको र धेरै मानिसहरूसँग खानका लागि पर्याप्त नभएको बूमबर्गले जनाएको छ । मासिक चाइल्ड ट्याक्स क्रेडिट पेमेन्ट (बाल कर क्रेडिट भुक्तानी) समाप्त हुने र राष्ट्रपति जो बाइडनले समर्थन गरेको राहत कार्यक्रम विस्तार गर्ने विधेयकमाथि सिनेटमा गतिरोध उत्पन्न भएपछि न्यून आय भएका परिवारहरूले चाँडै नै थप दबाव सामना गर्नुपर्ने हुनसक्छ ।

यूएस सेन्सस ब्यूरोको हाउसहोल्ड पल्स सर्भेले डिसेम्बर १ देखि १३ सम्म संकलन गरेको तथ्याङ्कअनुसार यस महिना कहिलेकाहीँ वा प्रायः खान नपाउने घरपरिवारको संख्या ९.७ प्रतिशत पुगेको छ, जुन पाँच महिनाको उच्च हो । जब पहिलो चाइल्ड ट्याक्स क्रेडिट भुक्तानी समाप्त भयो, बालबच्च भएको परिवारमा यो आँकडा अगस्टमा ११ प्रतिशतबाट घटेर ७.८ प्रतिशत भएको थियो । अमेरिकामा किराना सामानको मूल्य एक वर्ष अघिको तुलनामा ६.४ प्रतिशत बढेको छ । खाद्य बैंकहरूले पनि मागमा वृद्धि भएको र कुपोषित र अल्प आहार दिइएका बालबालिकाहरूलाई मद्दत गर्ने क्लिनिकहरूले बिरामीहरूको संख्या वृद्धि भएको बताएका छन् ।

ब्लूमबर्ग

One thought on “दुई करोड १० लाख भन्दा बढी अमेरिकीसँग खानका लागि पर्याप्त स्रोत छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *