२०८१ वैशाख २० गते | 2nd of May 2024

सकियो राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यकाल

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष ९ गते १०:३४

काठमाडौं  – नेपाल सरकारको निर्णयानुसार बाँकी कार्यभार तोकिएका निकायलाई सुम्पिँदै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । प्राधिकरणका कार्यभार, काम, संरचना र पुँजीगत विवरण शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गर्दै प्राधिकरण    बिहिबार देखि बहिर्गमन भएको हो । बहिर्गमन हुनुअघि प्राधिकरणले धरहरा, सिंहदरबार, रानीपोखरी, शान्तिबाटिका, हरिहर भवन तथा नारायणी सङ्ग्रहालय अन्तर्गतको रणेद्धिप दरबारसम्बन्धी कार्य तथा केन्द्रीय आयोजना कार्यान्यवन भवन भवन, नीति, आवास अनुदान व्यवस्थापनसँग सम्बन्धित कागजात र वेरुजु शहरी विकास तथा भवन निर्माण विभागमा हस्तान्तरण गरेको थियो । गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई उक्त फाइल हस्तान्तरण गर्नुभयो ।

प्राधिकरणले पुनःनिर्माण तथा पुनःस्थापनाका लागि बाँकी रहेका काम, कानूनी तथा नीतिगत व्यवस्था, पुनरावेदन समितिबाट प्राप्त हुने फैसला र आदेशको कार्यान्वयन तथा समन्वय सहजीकरण तथा अनुगमनसम्बन्धी कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । यस्तै विश्व बैंकसँग सम्बन्धित प्राविधिक सहयोग सोध भर्ना, परियोजना एकाउण्ट र प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायबाट सम्पादन भइरहेका पुनःनिर्माण तथा पुनस्थापनका कार्य, प्राधिकरणअन्तर्गत चालु र पुँजीगत खर्चका आव २०७८÷७९ को एकीकृत आर्थिक विवरण तयार पार्ने, लेखा परीक्षण तथा बेरुजु फस्र्यौटसम्बन्धी कार्य पनि विपद् व्यवस्थापन प्राधिकरणलाई नै हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कर्याकारी अधिकृत सुशील ज्ञवालीले विपद् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई फाइल हस्तान्तरण गरी औपचारिक रुपमा प्राधिकरणका कार्यभार सुम्पिनुभएको थियो । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पपछि त्यसको पुनःनिर्माण र पुनःस्थापनका लागि प्राधिकरण स्थापना भएको थिया । पाँच वर्षको कार्यावधी रहे पनि जिम्मेवारी पूरा नभएकाले नेपाल सरकारले एक वर्षको समयावधी थपेको थियो । उक्त थपिएको समय यही पुस १० गते ६ वर्ष पूरा हुँदैछ । पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख ज्ञवालीले चुनौतीपूर्ण समयमा सरकारले विश्वास गरेर दिएको जिम्मेवारी आमनेपाली जनसमुदायको सहयोगमा सम्पन्न गर्न सफल भएको दाबी गर्नुभयो ।

“पुनःनिर्माण काम सम्पन्न ग¥यौ भनेर अन्तर्राष्ट्रिय समुदायका बीच छलफल ग¥यौँ, सिकेको अनुभवबाट अबको बाटो के हुनसक्छ भनेर संस्लेषण ग¥यौँ”, उहाँले भन्नुभयो । बुधबार मात्रै निर्देशक समितिको बीचमा छलफल गरेर नेपालको पुनःनिर्माण सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालिएको उहाँले जानकारी दिनुभयो ।

यो अनुभव र जगमा उभिएर आगामी सन् २०३० सम्ममा विपद् उत्थानशिल मुलुकको रुपमा किकास गरेर जानुपर्छ भन्ने सोच अघि बढेको उहाँले बताउनुभयो । उहाँले दिगो विकासका लागि सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित गर्नेपर्ने आधार यो पुनःनिर्माणको कामले निष्कर्ष निकालेको पनि बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले पुनःनिर्माण प्राधिकरणको अभिभारा विपद् प्राधिकरणमा आएको र ६ वर्षको अनुभवबाट भूकम्प, बाढीपहिरो, आगलागी जस्ता विपद्जन्य घटनाबाट मुलुकलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेमा नै ध्यान केन्द्रित हुने बताउनुभयो । यसअघि पुनःनिर्माण प्राधिकरणले गएको असोज १ गते पनि कतिपय कार्यभार तत्तत् निकायलाई हस्तान्तरण गरिसकेको थियो । प्राधिकरणका अनुसार हालसम्म निजी आवासमा ९२ प्रतिशत, पुरातात्विक क्षेत्रमा ८५ प्रतिशत, सरकारी भवन ९२ प्रतिशत सम्पन्न भएको छ । शैक्षिक भवन ८५, स्वास्थ्य संस्था ८०, एकीकृत बस्ती ६० प्रतिशत सम्पन्न भएको छ । सुरक्षा निकायका भवन शतप्रतिशत सम्पन्न गरिएको छ ।

पुनःनिर्माणमा महत्वपूर्ण कार्य सम्पादन ः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पबाट क्षति भएका संरचना पुनःनिमाणमा महत्वपूर्ण कार्य सम्पादन गरेको बताउनुभएको छ । सिंहदरबारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण हस्तान्तरण तथा बर्हिगमन समारोहमा मन्त्री खाँणले प्राधिकरणले ६ वर्षे कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञसमेत अनुसन्धान गर्न योग्य काम गरेको बताउनुभयो ।

उहाँले भुकम्पले क्षति पु¥याएका भौतिक संरचना पुरातात्विक महत्वका संरचनाको निर्माण ज्यादै जटिल र चुनौतिपूर्ण भए पनि प्राधिकरणले मन लगाएर पूरा गरेकोमा प्रशंशा गर्र्दै धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “पुनःनिर्माणको तथ्याङ्क र कार्य विश्वभरका अनुसन्धानकर्तालाई अनुसन्धान गर्न काम लाग्ने खालको छ ।” उहाँले मन्त्रालय मातहतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अब पुनःनिर्माण प्राधिकरणले गरेका कामको प्राविधिक र प्रशासनिक काम र सुरु भएर सम्पन्न हुन नसकेका कार्यको पनि परामर्श गरेर टुङ्ग्याउने बताउनुभयो ।

पुनःनिर्माणको अहिलेसम्मको सेवा र दक्षतालाई उपयोग गरेर प्राधिकरण अघि बढ्ने उहाँको भनाइ थियो । “पुनःनिर्माणको अहिलेसम्मको सेवा र दक्षतालाई उपयोग गरेर सदुपयोग गर्दै कसरी अगाडि बढ्ने भन्ने जिम्मेवारी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको काधमा आएको छ”, गृहमन्त्री खाँणले भन्नुभयो, “प्राविधिक र प्रशासनिक काम मात्रै होइन, सुरु भएका राम्रा कामलाई पनि निरन्तरता दिनुहोला ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *