२०८० फागुन १९ गते | 2nd of March 2024

प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्तो, भ्रमणको तयारी अघि बढयो

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष ९ गते १०:५९

काठमाडौं–  प्रधानमन्त्री शेरबहादुर देउवा यसै महिना भारतको भ्रमणमा जाने सम्भावना रहेको छ । भारतको गुजरातमा हुने एउटा व्यावसायिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री  देउवालाई निम्तो आएको छ। आगामी जनवरी १० देखि १२ तारिखसम्म हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवालाई निम्तो आएको हो।

उक्त सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जनवरी १० तारिखका दिन गुजरातको गान्धीनगरमा उद्घाटन गर्ने कार्यक्रम छ। गुजरात भारतीय प्रधानमन्त्री मोदीको गृहप्रदेश समेत हो। मोदी गुजरातको मुख्यमन्त्री भएका बेलादेखि नै उक्त सम्मेलन आयोजना गर्न थालिएको थियो। प्रधानमन्त्री देउवा निकट एक नेताले भने, ‘भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन प्रधानमन्त्रीज्यूलाई निम्तो आएको छ। परराष्ट्रमन्त्रीलाई पनि निम्तो आएको छ।’ उक्त समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा सकारात्मक रहेका पनि ती नेताले जानकारी दिए। ‘सहभागी हुने भनेर निर्णय भइसकेको छैन। तर, प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ,’ ती नेताले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *