२०८२ फागुन ३० गते | 14th of March 2026

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १० गते १५:११

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आइतवारदेखि काठमाडौंमा सुरु हुने भनिएको राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने निर्णय गरेको छ । पेरिस डाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन नगरी आठौँ  महाधिवेशन गर्ने निर्णय गरेको हो।

प्रवक्ता कृष्णबहादुर महराले आजको स्थायी कमिटीको बैठकले पुस ११–१३ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने र यसबारे निर्णय  केन्द्रीय कमिटीले अनुमोदन गर्ने बताए । यो महाधिवेशनलाई माओवादीले आठौँ महाधिवेशनको रुपमा आयोजना गर्ने भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *