२०८१ वैशाख २० गते | 2nd of May 2024

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सूरु

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष ११ गते १२:३९

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा सूरुभएको छ । महाधिवेशन लाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान  पुगेका थिए ।  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलको नेता दुर्गा पौडेललगायत शीर्ष नेता महाधिवेशनस्थल पुग्नुभएको हो ।

माओवादीले आजदेखि प्रथम राष्ट्रिय सम्मेलनको तयारी गरेको तर शनिबार साँझ बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठाँै राष्ट्रिय महाधिवशेनका रूपमा परिणत गरेको थियो । यसअघि माओवादीले सम्मेलन भएकाले अतिथिका रूपमा कसैलाई नबोलाउने निर्णय गरेको थियो । सम्मेलनलाई महाधिवशेनमा रुपान्तरण गर्ने निर्णय गरेसँगै माओवादीले नेपालमा क्रियाशील राजनीतिक दललाई आमन्त्रण गरेको हो ।

महाधिवशेनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्नुभयो ।