२०८३ भदौ २१ गते | 6th of September 2026

‘म नेपालको प्रधानमन्त्री हो, राष्ट्रघाती सम्झौता किन गरौंला,’? : प्रधानमन्त्री देउवा

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष ११ गते १३:४४

काठमाडौं –  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना राष्ट्रघाती हो भन्नेहरूले उक्त सम्झौता पढ्दै नपढेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटनमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले एमसिसी कुनै पनि अर्थमा राष्ट्रघाती नभएको बताएका हुन्। ‘म नेपालको प्रधानमन्त्री हो। म राष्ट्रघाती सम्झौता किन गरौंला,’ प्रधानमन्त्री देउवाले भने,‘एमसिसी राष्ट्रघाती भन्नेहरूले सम्झौता पढेका छन् कि छैनन्। मैले पढ्दा त राष्ट्रघाती छैन। ’ देउवाले कानुनी रूपमा एमसिसी सहयोग एडिबी, विश्व बैंकबाट लिने ऋणजस्तै भएको बताए। ‘अझ यो त ऋण होइन अनुदान हो,’ देउवाले भने।

प्रधानमन्त्री देउवाले पाँच दलिय गठबन्धन कसैका बिरुद्द नभएको र यो गठबन्धन लामो समय जान सक्ने पनि उल्लेख गरे ।