२०८३ भदौ २१ गते | 6th of September 2026

कांग्रेसले बाँकी जिल्ला अधिवेशन पुस २७ मा गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १२ गते १४:३८

काठमाडौं – नेपाली कांग्रेसले बाँकी जिल्ला अधिवेशन पुस २७ मा गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका सप्तरी, सिरहा, धनुषा, महात्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा अधिवेशन हुने जनाएको छ।

यी जिल्लामा कांग्रेसले प्रदेश र केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्न लागेको हो। ६१ जिल्लामा भने पहिले नै जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व आइसकेको छ। अहिलेसम्म भएका जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षले धेरै जिल्ला सभापति जितेका छन्। यसअघि कांग्रेसको १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेको छ।