२०८२ कार्तिक २२ गते | 7th of November 2025

नेपालका सन्तोष शाह भए बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१ का विजेता

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १३ गते १३:२४

  काठमाडौं  –  नेपालका सन्तोष शाह बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१ का विजेता बनेका छन्। प्रतिस्पर्धामा आफूले पस्केका तराई, हिमाल र पहाडका विविध नेपाली परिकारलाई निर्णायक मण्डलका सदस्यले निकै मन पराएको शाहले बताए। “मलाई एकदमै गर्व महसुस भइरहेको छ, नेपाली खानालाई हेला गर्ने र आफैँमाथि विश्वास नहुनेहरूलाई एउटा ठूलो सन्देश दिन पाएकोमा मलाई एकदमै खुशी लागिरहेको छ,” उनले भने।सामाजिक सञ्जालमा अहिले नेपालीदेखि विदेशीसम्मले उनलाई बधाई दिइरहेका छन्।

यसअघि यूके मास्टरशेफमा उपविजेता भएका शाह ठूलो अपेक्षाको भारी बोकेर रिम्याचमा गएको बताउँछन्। “रिम्याचमा जाँदा नै धेरै ठूलो दबाव थियो। किनभने नेपाली दिदीबहिनी तथा दाजुभाइबाट एक प्रकारको नाम र ख्याति पहिल्यै प्राप्त भइसकेको थियो, अहिले म हारेको भए एकदमै नराम्रो लाग्थ्यो,” उनले थपे। यूके मास्टरशेफमा उपविजेता भएको केही समयपछि नेपाल आएर शाहले थप नेपाली परिकारहरूबारे अध्ययन गरे अनि पकाउन पनि सिके।  “नेपालमा धेरै राम्राराम्रा परिकार छन्। तीमध्ये केहीलाई छनौट गरी तराईमा बनाइने अदौरी, तिलौरीदेखि राई-लिम्बु समुदायले कुखुराको पखेटा पोलेर बनाउने तीते लगायतका परिकार यसपालि मैले देखाएँ। यही चिजले मलाई जित दिलाएका छन्।” प्रतिस्पर्धामा यसपालि आफूले पस्केका हरेक परिकारलाई निर्णायकहरूले निकै मन पराएको उनी बताउँछन्।

(बीबीसी)