२०८१ वैशाख २१ गते | 3rd of May 2024

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १३ गते १३:२९

काठमाडौँ –  नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता भएको छ । मङ्गलबार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी)बीच एकता भएको हो। राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै दुई पार्टीबीच एकता भएको हो । निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन तयारी थालेपछि पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु हुन थालेका हुन् ।

एमालेबाट अलग भएको नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादीबाट अलग भएको देवेन्द्रसिंह महता नेतृत्वको जनवादीबीच एकता भएको हो । ११ सय बढी नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा सहभागी भएका छन्। महताले माओवादीबाट अलग भएर २०६२ सालमा जनवादी गठन गर्नुभएको थियो । एमालेबाट विभाजनपछि माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । समाजवादी पार्टीले निर्वाचन आयोगबाट गत भदौ ९ गते दलको मान्यता पाएको थियो । माधव नेपालले त्यसपछि क्रान्तिकारी कम्युनिस्टबीच एकताको घोषणा गर्नुभएको थियो ।