२०८१ वैशाख २० गते | 2nd of May 2024

यि हुन पहिलो चरणमा मनोनित काँग्रेस केन्द्रिय सदस्य

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १७ गते १२:५६

काठमाडौँ – नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना केन्द्रीय समितिमा मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेल, कांग्रेस नेता प्रकाशमान सिंह, विजयकुमार गच्दारसहितका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौडेल, सिंह, गच्छदारसँगै विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।  केही चुनावमा पराजित भएका र केही उम्मेद्वारी नदिएका नेतालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । प्रकाशमान सिंह सभापतिमा पराजित नेता हुन भने विमलेन्द्र निधि पनि सभापतिमै पराजित उम्मेद्वार हुन् । यस्तै विजयकुमार गच्छदार उपसभापतिमा पराजित
हुन् भने प्रकाशशरण महत महान्त्री देउवा प्यानलबाट पराजित नेता हुन् ।

यस्तै सुजाता कोइराला प्रकाशमान प्यानलबाट उपसभापतिमा पराजित भएका नेता हुन् भने मिनबहादुर विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिएका नेता हुन् । यस्तै रामचन्द्र र कृष्ण सिटौला कुनै पनि पदमा उम्मेद्वारी दिएका थिएनन् । यस्तै नारायण खड्का र उमा रेग्मी बहालवाला मन्त्री हुन् ।

कांग्रेस विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान अनुसार देउवाले शनिबार १० जनालाई मनोनित गरेका हुन् ।