२०८२ चैत २२ गते | 5th of April 2026

मल खरिदमा भष्टाचार, कृषि सामाग्री कम्पनी लिमिटेडकका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा दायर

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १८ गते १३:१४

काठमाडौं –  अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मल खरिद प्रकरणमा एक अर्ब ५३ लाख रुपैयाँ बिगो दाबी गर्दै कृषि सामाग्री कम्पनी लिमिटेडकका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आइतबार अख्तियारले विषेश अदालतमा मुद्धा दायर गरेको हो। कृषि सामग्री कम्पनी लिमिटेड कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उप–प्रबन्धक पुष्कर दिप बुढासहित १० जना विरुद्ध सो मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार नेत्रबहादुर भण्डारी, विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे, र पुष्कर दिप बुढा उपर एक अर्ब ५३ लाख बाइस हजार ४०६ रुपैयाँ बिगो दाबी गरिएको हो । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा कारबाहीको माग दाबी गरिएको छ । गलत प्रतिवेदन तयार गर्ने कार्यमा संलग्न नेपाल वातावरणीय तथा वैज्ञानिक सेवा लिमिटेडका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, संस्थामा कार्यरत सिनियर सर्भेयर महेन्द्रकुमार डाँगा, प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी र कम्पनीको तर्फबाट सम्झौता गर्ने मनोज आचार्यसमत उक्त कसुरमा संलग्न देखिएको अख्तियारले जनाएको छ ।