२०८२ पुष ३ गते | 18th of December 2025

नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुनः प्रचण्ड निर्विरोध

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १९ गते १२:४०

काठमाडौं-  नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल निर्विरोध चयन भएका छन् ।  आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले दाहाललाई अध्यक्ष चुनिएकाे बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन दाहालकै नेतृत्व अपरिहार्य श्रेष्ठकाे भनाइ थियो ।

आजै उनले शपथ पनि  लिएका छन्। आजै पदाधिकारी चयन गर्ने भनिए पनि त्यो काम २५ गतेसम्मलाई सरेको छ। अध्यक्ष प्रचण्डले पत्रकारहरुलाई दिएको प्रतिक्रिया अनुसार चीनमा उपचाररत वर्षमान पुन भोलि डिस्चार्ज भएर नेपाल फर्किँदैछन्। उनीसँगै ओनसरी घर्ती पनि फर्किनेछन्।  ‘(पदाधिकारी चयनमा) उहाँहरुलाई पनि सामेल गर्नु भावनात्मक संवेदना, विचार र हरेक दृष्टिले उचित हुने भएकाले हामीले पदाधिकारी र अरु निर्वाचन एकैचोटी गर्ने सोचेका छौं’, प्रचण्डले भने, ‘भोलि डिस्चार्ज भएर आउँदै हुनुहुन्छ। उहाँहरु समेत सामेल भएर एकैचोटी पदाधिकारी चुन्नु उचित हुन्छ भन्ने कारणले नै हामीले २५ गते सारेका हौं।’