२०८२ चैत २२ गते | 5th of April 2026

रोकियो नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेण्ट निर्माण कार्य

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २० गते १२:३१

काठमाडौं- नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेण्ट निर्माण गर्ने कार्य तत्काललाई रोकिने भएको छ। संग्रहालयभित्र हाल भइरहेको रेस्टुरेण्ट निर्माण कार्य तत्कालका लागि रोक्न सरकारले निर्देशन दिएको हो।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले मंगलबार बी म्यानेजमेण्ट प्रालिलाई पत्र लेख्दै संग्रहालयभित्र रेस्टुरेण्टको संरचना बनाउने काम तत्कालका लागि रोक्न भनेको छ। समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयको मौखिक आदेश र सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सिर्जना भएकोले तत्काल निर्माण कार्य रोक्नुपर्ने कम्पनीलाई लेखेको पत्रमा उल्लेख गरेको छ।