२०८२ माघ ९ गते | 22nd of January 2026

प्रधानमन्त्री देउवा अटोमा सरर…

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २० गते १२:४२

काठमाडौं –  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धरानमा  ‘धरान डे’ उद्घाटनलगायत कार्यक्रममा सहभागी भएका छन । प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पनि पुगे । प्रधानमन्त्री देउवाले आज फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरे। साथै फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीको पनि प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन्। उद्घाटनपछि देउवा उक्त सफारी (अटो) मा पनि बसेका थिए।

फोहोर प्रशोधन केन्द्रको निर्माण ‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले गरेको हो। धरानको फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्ने लक्ष्यसहित केन्द्रको निर्माण गरिएको थियो। यो योजना सुरूमा २४ करोडमा निर्माण सक्ने भने पनि कोरोनाका कारण लागत २६ करोड पुगेको थियो। यो केन्द्रबाट दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमता छ। यो प्रशोधन केन्द्रबाट उत्पादन हुने ग्यास धरानमा चल्ने ट्याम्पो र सफारीमा प्रयोग गरिनेछ।