२०८१ वैशाख २२ गते | 4th of May 2024

राष्ट्रियसभा सदस्यनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्य सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २० गते १२:४८

काठमाडौं – आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले रिक्त रहेका राष्ट्रियसभा सदस्य १९ पदका लागि उम्मेदवारी मनोनयनको दर्ता आज साँझसम्म तय गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सात वटै प्रदेशबाट सबैले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ वटा दलबाट उम्मेदवारी मनोनयन दर्ता भएको उहाँ बताउनुहुन्छ ।

तर, कुन दलबाट कति उम्मेदवारी प-यो भन्ने सबै विवरण अबको एक घण्टाभित्र उपलब्ध गराइने उहाँले बताउनुभएको छ ।राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय सत्तागठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती दिदैछ ।