२०८१ माघ ३ गते | 16th of January 2025

यसकारण रद्द भयो प्रधानमन्त्री देउवाको भारत भ्रमण

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २२ गते १४:२५

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। भारतमा कोरोना संक्रमण बढेकाले प्रधानमन्त्री देउवाको भ्रमण रद्द भएको हो।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम थियो। ‘अहिलेको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने।

बाह्य लगानी आकर्षित गर्ने उद्देश्यले गुजरातका तत्कालीन मुख्यमन्त्री मोदीले प्रारम्भ गरेको उक्त सम्मेलनको १०औं शृङ्खलामा प्रधानमन्त्री देउवासहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखहरुले भाग लिने कार्यक्रम थियो।