२०८२ चैत २४ गते | 7th of April 2026

कोरोना संक्रमण बढदै गएपछि देशभरका विधालय बन्द

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २६ गते ११:३३

काठमाडौ  – सरकारले भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसका संक्रमित बढेकोले देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना निकालेर पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको हो।

बिदाको उक्त समयमा १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत् खोप लगाउने कार्यक्रम छ। साथै विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूले पूर्वनिर्धारित परीक्षा भने जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जेड आएकारमा बसाई व्यवस्था मिलाई सञ्चालन गर्न सकिने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।