२०८३ जेठ १० गते | 24th of May 2026

पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने क्रममा राष्ट्रपति भण्डारी र पूर्वराजा एउटै ठाउँमा

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २७ गते ११:१९

काठमाडौं  – आधुनिक नेपाललाई एकीकरण गरेका राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने क्रममा  आज राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार एउटै ठाउँमा पुगेका छन्।  राष्ट्रपति भण्डारी र पूर्वराजा शाह सिंहदरबारको मुख्य गेटबाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पुगेका छन्।

राष्ट्रपति भण्डारी पहिला सिंहदरबार पुगेकी थिइन्। २०७२ मा राष्ट्रपति बनेकी भण्डारीले दोस्रोपटक पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेकी हुन्। यसअघि उनी २०७५ मा २९७ औं पृथ्वी जयन्तीको अवसरमा सालिकमा माल्यार्पण गर्न पुगेकी थिइन्। राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरिसकेपछि पूर्वराजा शाह पनि सिंहदरबार पुगेर उनको सालिकमा माल्यार्पण गरेका छन्। पृथ्वीनारायण शाहले चलाएको नेपालको शाह वंशीय राजतन्त्रमा ज्ञानेन्द्र अन्तिम राजा हुन्। आफ्ना पुर्खासमेत रहेका पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उनी पहिलोपटक सिंहदरबार गएका हुन्।