२०८२ चैत २२ गते | 5th of April 2026

बिमानस्थलमा आफन्तको स्वागत र बिदाईमा भिडभाड नगर्न आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २७ गते ११:४३

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलको प्रयोग गरी यात्रा गर्ने यात्रु (आफन्त)को बिदाइ र स्वागतमा नआउन आग्रह गरेको छ। कोरोना संक्रमण बढेकाका कारण विमानस्थलले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो।

विमानस्थलले भिजिटर पास वितरण बन्द गर्ने निर्णय पनि गरेको छ। आवश्यक अवस्थामा बाहेक ‘भिजिटर पास’ उपलब्ध नहुने निर्णय भएको विमानस्थल कार्यालयले जनाएको छ। यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरेको थियो। तर, मानिसहरुको भिडभाड नघटेपछि सार्वजनिक सूचना जारी गरेको हो।  कार्यालयले हवाई यात्राका दौरान समेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ।