जुलाई २२, लस एन्जलस । अमेरिकाको लस एन्जलस सहरमा २०४ औ भानु जयन्ती समारोह सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज लस एन्जलस च्याप्टरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम संस्थाका महासचिव प्रकाश चन्द्र घिमिरेले सञ्चालन गरेका थिए । आदिकवि भानुभक्तको फोटोमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तिलक कार्कीले उपस्थित सम्पूर्ण साहित्य अनुरागीहरुलाई स्वागत गरेका थिए ।![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-12.jpg)
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष डन कार्कीले गरेका थिए भने अनेसासका कोषाध्यक्ष शान्तिराम ढकालको प्रमुख आतिथ्यता रहेको थियो । चुणा वसन्त लम्साल,शान्तिराम ढकाल र एन्जलसबासिका आदर्णीय गुरु विष्णु पौडेलद्वारा आदिकवि भानुभक्तको जीबनीको बारेमा चर्चा गरिएको थियो । व्यस्थताका कारण उपस्थित हुन नसकेका अनेसासका अध्यक्ष पदम विश्वकर्माले पठाएको शुभकामना सन्देश कोषाध्यक्ष शान्तिराम ढकालले पढेर सुनाएका थिए ।
लस एन्जलस नेपाली समाजका नयाँ पिँढीको साहित्यमा आकर्षण बढोस भन्ने हेतुले बालबालिकालाई आफूले चाहेको भाषामा रचना सुनाउने छुट दिइएको थियो । जस अनुसार दर्शना पाण्डे र अलका जोशीले आ-आफ्ना अङ्ग्रेजी भाषामा लेखिएका रचना वाचन गर्दा कार्यक्रमको शोभा बढेको थियो । कार्यक्रममा चुडा वसन्त लम्साल, शान्तिराम ढकाल,उपेन्द्र न्यौपाने,राम कुमार सुबेदी,राम लामा अविनाशी इन्दिरा त्रिपाठी,टेक लामा,प्रकाश चन्द्र घिमिरे, ललित श्रेष्ठ, डन कार्की आदिले आ-आफ्ना रचना बाचन् गरेका थिए । ![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-2.jpg)
लस एन्जलस वरपरका विभिन्न संस्थाहरू जनसम्पर्क समितिका केन्द्रीय सदस्य हेमराज भट्ट, जनसम्पर्क समिति एल ए च्याप्टरका अध्यक्ष मदन पाठक, बौद्धिक समाजका अध्यक्ष बलराम थापा,नेवा अर्गनाइजेसनका अध्यक्ष दुर्गा श्रेष्ठ, एनआरएन क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष राम बाबु पाण्डे, नेपाल च्याम्बर अफ कमर्सका प्रतिनिधि एकराज पाण्डे, एनआरएन आईसिसीका पूर्व सदस्य जापान निवासी अरुण श्रेष्ठ आदिको गरिमामय उपस्थिती रहेको थियो ।![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-22.jpg)
लस एन्जलस वरीपरिका साहित्य अनुरागीहरु तुलसा कार्की, लक्ष्मी खनाल,श्याम जोशी,एलिका, आयुश्मा, रक्षा नेवाङ्ग,हरि पाख्रिन,मोहन ओली,नवीन पोख्रेल, दिपेश श्रेष्ठ, टेकेन्द्र भट्टराई,सूर्य श्रेष्ठ, सौगात श्रेष्ठ आदिको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी सम्पूर्णलाई सभापति डन कार्कीले आफ्नो कार्य व्यस्थताका बाबजुत यहाँ उपस्थित भई कार्यक्रम सफल बनाई दिनुभएकोमा धन्यवाद भन्दै कार्यक्रम बिसर्जन भएको घोषणा गरेका थिए । ![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-21.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-20.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-19.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-15.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-13.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-11.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-10.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-9.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-8.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-7.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-6.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-5.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-4.jpg)
![](http://www.brtnepal.com/wp-content/uploads/2017/07/LA_INLS217-3.jpg)
Source : BrtNepal