२०८२ फागुन २७ गते | 11th of March 2026

एकै दिन १० हजार बढी कोरोना संक्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ४ गते १२:४८

काठमाडौं– नेपालमा मंगलबार एकै दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा  १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ८७२ नमूनाको पीसीआर र ४ हजार ९५६ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो।   पीसीआर परीक्षणबाट ८ हजार ७३० र एन्टिजेन परीक्षणबाट १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो।  मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ५६२ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका छन्।  मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित छन्।