२०८१ वैशाख २१ गते | 3rd of May 2024

प्रदेश २ को ‘मधेस’ नामकरणपछि लोसपाले यसरी मनायो खुसीयाली

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ४ गते १२:५७

काठमाडौं – प्रदेश २ को ‘मधेस’ नामकरणपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले काठमाडौंमा खुसीयाली मनाएको छ । अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा लोसपाले पार्टी केन्द्रीय कार्यालयमा खुसीयाली मनाएको हो । ठाकुरले उपस्थित नेता कार्यकर्तालाई मिठाई बाडेर खुसीयाली साँटे ।

अध्यक्ष ठाकुले मधेस प्रदेशको नामकरणसँगै मधेसी राष्ट्रियताले वैधानिकता पाएको बताए । “अधिकारका लागि जुन आन्दोलन भएको थियो । त्यसमा सयौँले बलिदान दिएका थिए  । त्यो आन्दोलनको नाम मधेस आन्दोलन नै थियो । त्यसबेला मधेसी राष्ट्रियताको जन्म भएको थियो,” अध्यक्ष ठाकुरले भने, “प्रदेशको नामकरणबाट मधेसी राष्ट्रियताले रिकोग्निसन पाएको छ । कानुनी र संवैधानिक रूपमा पनि मधेसी राष्ट्रियताले मान्यता पाएको छ ।” उनले सघीयतामाथि अनेक कोणबाट आक्रमण भइरहेको भन्दै मधेस प्रदेशको निर्णयले संघीयताका रक्षको पनि संकेत गरेको बताए ।  “संघीयता मधेस आन्दोलनको परिणम हो । पहिचानसहितको संघीयता भनेर आन्दोलन उठेका थियो । अहिले पहिचासहितको प्रदेश बनेर मधेसले त्यसको प्रतिनिधित्व गरेको छ,” ठाकुरले भने, “मधेस नाममा कही खलबली पनि भएको होला । तर, यसले मधेस आन्दोलनको एउटा माग सम्बोधन गरेको छ ।”