२०८१ वैशाख २० गते | 2nd of May 2024

अस्ट्रेलियामा कामदार अभाव, नेपाली विद्धार्थीलाई फाईदा

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ५ गते १४:१३

काठमाडौँ – नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने छन् । कोभिड-१९ महामारीको कारण कामदारको चर्को अभाव खेपिरहेको अस्ट्रेलियाले आजदेखि लागू हुने गरी नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने व्यवस्था गरेको हो ।

आगामी ८ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीहरूले भिसा आवेदन दिँदा लाग्ने शुल्क पनि फिर्ता पाउने काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासले जनाएको छ ।