२०८३ असोज २८ गते | 14th of October 2026

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ७ गते १३:०९

काठमाडौं – सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाउने निर्णय गरेको छ। शुक्रबार गृह मन्त्रालयले उक्त जानकारी दिएको हो। मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा करोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण स्वदेश तथा विदेशमा तीव्ररुपमा फैलिँदै गइरहेकोले भिजिट भिसामा रोक लगाउने निर्णय गरिएको उल्लेख छ।

उक्त निर्णय माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि लागू हुने छ।