२०८१ वैशाख २० गते | 2nd of May 2024

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको बिहे रोकियो

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ९ गते १३:१६

वेलिंग्टन  –  न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको छ। उहाँले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिनुभएको छ।

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिनुभएको छ। यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ।एएनआई