२०८१ साउन १२ गते | 27th of July 2024

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ १० गते १४:००

काठमाडौँ -राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधवार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो ।