२०८२ फागुन ३ गते | 15th of February 2026

बेलायतले कोरोना भाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिबन्धात्मक व्यवस्था हटाउने

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ १२ गते १२:३४

काठमाडौं– बेलायतले कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिबन्धात्मक व्यवस्था हटाइने भएको छ।  आगामी फेब्रुअरी ११ देखि सबै प्रतिवन्धात्मक व्यवस्था हटाउने निर्णय हुने अधिकारीहरूले जानकारी दिएका छन्।  प्रतिबन्धात्मक व्यवस्था हटाइएसँगै भारतलगायतका देशबाट बेलायत प्रवेश गर्नलाई पनि अब खुला हुने भएको छ। तर, ती यात्रुहरूले खोपको पूरा मात्रा लगाएको हुनुपर्ने शर्त भने राखिएको छ।

यातायात विभाग र स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले सूचना जारी गर्दै आगामी फेब्रअरी ११ तारिखको विहान ४ बजेदेखि सवै प्रतिवन्धात्मक व्यवस्थाहरु हट्ने स्पष्ट पारेको हो। पूरा मात्रा खोप लगाएका विदेशबाट आएका यात्रुहरुले पनि त्यो दिनदेखि आइसोलेसनमा बस्नु नपर्ने र पीसीआर परीक्षणको नतिजा देखाउनु नपर्ने सूचनामा उल्लेख गरिएको छ। त्यसैगरी १२ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई भने इंग्ल्याण्डमा हिँडडुल गर्नका लागि खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ। यात्रासम्वन्धी धेरै नीति फेबु्रअरीदेखि परिवर्तन हुने भएको छ । यही बेलामा सरकारले सवैलाई अतिरिक्त खोपको व्यवस्था गर्ने लक्ष्य राखेको छ।