२०८१ वैशाख १६ गते | 28th of April 2024

नेपाली कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ १४ गते १३:०९

काठमाडौं- नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार भर्चुअल रुपमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो।  बैठकमा महामन्त्री गगन थापाले नाम बैठकमा अनुमोदनका लागि प्रस्ताव गरेका थिए। कांग्रेसको विधानमा ४६ सदस्यीय समितिको व्यवस्था भएपनि आज ३७ सदस्यीय समिति गठन गरिएको हो।  पदाधिकारी भने स्वत: सदस्य हुने व्यवस्था रहेको छ।

कार्यसम्पादन समितिमा को-को?

पदाधिकारीबाट

सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ। महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा।  सहमहामन्त्रीहरु – फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार।

अरु को को?

रामचन्द्र पौडेल
गोपालमान श्रेष्ठ

प्रकाशमान सिंह
विमलेन्द्र निधी
विजयकुमार गच्छदार
कृष्णप्रसाद सिटौला
डा शशांक कोइराला
चित्रलेखा यादव
रामशरण महत
अर्जुन नरसिंह केसी
प्रकाशशरण महत
सुनिल बहादुर थापा
शेखर कोइराला
बलबहादुर केसी
बालकृष्ण खाण
ज्ञानेन्द्र बहादुर कार्की
उमा रेग्मी
रमेश रिजाल
नारायण खड्का
जिपछिरिङ लामा
सुजाता कोइराला
एनपी साउद
जीवनबहादुर शाही
आनन्द प्रसाद ढुंगाना