२०८३ भदौ २१ गते | 6th of September 2026

आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्तारुढ दलहरुबीच सहमति

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ १५ गते १३:३७

काठमाडौं  – सत्तारुढ दलहरुबीच आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा आज अपराह्न बसेको बैठकमा उक्त सहमति जुटेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ‘उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्रीमार्फत् सरकारलाई सुझाव दिएको छ। संविधानअनुसार कानुनमा संशोधन गर्नुपर्ने भए त्यो तयार गर्न पनि सुझाव दिएको छ।

अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्नेछ,’ बैठकपछि कार्कीले भने।