२०८१ वैशाख १५ गते | 27th of April 2024

जेठ ४ गते एकै चरणमा निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ १८ गते १३:५३

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते एकै चरणमा निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। मंगलबार आयोगका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री देउवाले आयोगलाई यस्तो आग्रह गरेका हुन्।  हामीले जेठ ४ गते नै निर्वाचन गर्नुपर्ने भनेर प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका थियौं। उहाँले त्यही मिति उपयुक्त छ भन्नुभयो,’ प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘उहाँले एकै चरणमा निर्वाचनको आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ।’ प्रधानमन्त्रीले छलफलका क्रममा निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको सबै तयारी गृह मन्त्रालयले गर्ने भन्दै आयोगका तर्फबाट तयारी गर्न निर्देशन दिएका हुन्।

प्रमुख निर्वाचन आयुक्त  थपलियाले आउँदो जेठ ४ स्थानीय तह निर्वाचन तयारीका लागि पर्याप्त समय रहेको बताएका छन्। मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि प्रतिक्रिया दिँदै उनले आयोगले यसअघि जेठ ४ मा निर्वाचन गर्न  आयोगलाई समस्या नरहेको बताए।  योगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ मा स्थानीय निर्वाचन गर्न सहमति जनाएका छन्। बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मितिका विषयमा निर्णय गर्ने प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरूलाई बताएका थिए।  निर्वाचनका लागि समय पुग्छ त? भन्ने प्रश्नमा उनले भने, ‘अब एक सय दिनभन्दा बढी समय छ। हामी सक्छौं। जेठ ५ गते भन्दा उता जान मिल्दैन। मन्त्रिपरिषद्‌बाट निर्णय भएर आएपछि हामी तयारी अघि बढाउँछौं।’