२०८१ वैशाख १५ गते | 27th of April 2024

स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ २४ गते १३:४५

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिनुभयाे ।

यसअघि निर्वाचन आयोगले जेठ ४ भित्र निर्वाचन गर्न सकिने भन्दै सरकारलाई प्रस्ताव गरेको थियो । अघिल्लाे पल्ट भने २०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ गतेगरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।