२०८१ वैशाख १६ गते | 28th of April 2024

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले गरे पार्टी परित्याग

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ २५ गते १२:३५

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । “अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु ।

पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पाटीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,” उनले भनेका छन् । थापाले सोमबार राजधानीमा आफूनिकट केन्द्रीय सदस्यहरूको भेलामा नयाँ पार्टी खोल्ने संकेत गरेका थिए ।