२०८१ वैशाख १५ गते | 27th of April 2024

काँग्रेसको बाँकी १६ वटा जिल्लाहरुको अधिवेशन फागुन १३ गते

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ २८ गते १२:५१

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसको काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ वटा जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जसमा मधेश प्रदेशका आठ र बाँकी रहेका अन्य आठ जिल्लाहरु छन् । यससँगै छिटफुट रुपमा बाँकी रहेका  वडा, पालिका तहका अधिवेशन भने फागुन १० गतेभित्र गर्ने निर्णय भएको काँग्रेस सनर्विाचन सिमतिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनुभयो ।

‘फागुन १३ मा प्रथम चरणको निर्वाचन छ । प्रथम चरणमा सभापतिको ५० प्रतिशत प्लस मत क्रम हुन सकेन भने दोस्रो चरणको निर्वाचन फागुन १४ गते नै हुन्छ ।’ र फागुन १५ गतेसम्म महासमिति सदस्यको निर्वाचनसहित १४ औं महाधिवेशनबाट बाँकी रहेका अन्य अधिवेशन सम्पन्न हुने उहाँको भनाई छ । यस विषयमा काँग्रेसको शुक्रबार बसेको केन्द्य्रीय कार्यसम्पादन समितिलाई पनि जानकारी गराइएको उहाँले बताउनुभएको छ ।