२०८२ चैत १ गते | 15th of March 2026

 प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन १ गते १२:१९

काठमाडौं –   प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ। प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आइतबार बिहान सांसदहरू आएर महाभियोग दर्ता गरेको जानकारी दिए।  राणाविरूद्धको महाअभियोग प्रस्तावमा ९८ जनाले सांसदले हस्ताक्षर गरेको एक सांसदले जानकारी दिए।

‘अहिले हामी सभामुखको कार्यकक्षमा छौं,’ उनले  भने।  महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङलगायत छन्।  संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा पर्छन्।  मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश  राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ।  केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए।  नेपाल बार एसोसिएसनले उनको बहिर्गमन माग गर्दै अहिलेसम्म आन्दोलन गरिरहेको छ।