२०८३ जेठ १४ गते | 28th of May 2026

यसरी गरिन रेखाले दोस्रो विवाह

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन २ गते १३:१६

काठमाडौं– अभिनेत्री रेखा थापाले विवाह गरेकी छिन्। उनले केही समयअघि कोर्ट म्यारिज गरेकी हुन्। जाजरकोट स्थानीय घर भएका अमेरिका निवासी व्यवसायी बलराम शाहीसँग विवाह गरेको उनले  बताइन्। शाहीसँग आफ्नो एक वर्षअघि भेट भएको र त्यही भेट प्रेममा परिणत भएर विवाह गरेको रेखाको भनाइ छ।

आउने वैशाखमा विवाह गर्ने तयारी रहे पनि लगन नभएका कारण कोर्ट म्यारिज गरेको उनको भनाइ छ। विवाहबारे वैशाखमै जानकारी दिने तयारी भएपनि कोर्ट म्यारिजका क्रममा उपस्थित फ्यानहरुका कारण ‘लिक’ भएको उनले बताइन्। उनले भनिन्, ‘विवाह गराइदिने न्यायाधीश  पनि मेरो फ्यान हुनुहुँदो रहेछ। उहाँले खोइ, मास्क खोल्नुहोस् हेरौं भनेपछि अरुले पनि देखेका थिए।’