२०८१ वैशाख २१ गते | 3rd of May 2024

हिंसा भड्काउने विचार वा गतिविधि स्वीकार्य हुदैन : अमेरीकी राजदूत र्‍यान्डी बेरी

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन ६ गते १३:२५

काठमाडौँ – अमेरीकी राजदूत र्‍यान्डी बेरीले हिंसा भड्काउने विचार वा गतिविधि स्वीकार्य नहुने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राजदूत बेरीले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने भएपनि हिंसा भड्काउने गतिविधि स्वीकार नहुने चेतावनी दिएका हुन् ।

काठमाडौँमा दैनिकजसो एमसीसीको विरोध गर्दै भइरहेका प्रदर्शन एवं गतिविधिप्र्रति लक्षित गर्दै अमेरिकी राजदूत बेरीले यस्तो चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन् । ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ,’ अमेरिकी राजदूत बेरीले ट्वीटमा लेखेका छन्, तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’