२०८१ वैशाख ९ गते | 21st of April 2024

प्रतिनिधीसभामा एमसिसी सम्झौताका सम्बन्धमा छलफल जारी ,व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सत्ता गठबन्धनमा सहमति

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन १५ गते १०:३८

काठमाडौं  –   सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमत जुटेको छ ।  याे आजै पारित हुने बताइएकाे छ । सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शङ्का रहेका विषयमा टिप्पणी गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

बैठकपछि पत्रकारसँग बोल्नुहुदै पौडेलले एमसीसी नेपालको संविधान अनुरुप लागू हुने पनि बताउनुभयो । यो विशुद्ध विकास परियोजना भएको र अमेरिकाको सैन्य रणनीति नभएको उहाँको भनाइ छ । व्याख्यात्मक टिप्पणीमा याे इण्डाेप्यासिफिक रणनीति अन्तर्गतकाे हाेइन र याे नेपालमा नेपालकाे संविधान नै सर्वाेपरि हुन्छ र यसलाई विकास सहयाेग हाे भन्ने मात्र हामी बुझ्छाैंं भन्ने कुरा समावेश गरी साे बारेकाे छलफलपछि  एमसीसीकाे दस्तावेजसँग राखेर सरकारले पेश गर्ने र त्यसलाई अनुमाेदन गरिने बताउनुभयाे । पहिलाे सत्रमा छलफल हुने र दाेस्राेसत्रमा पारित हुने उहाँले बताउनुभयाे ।

प्रतिनिधीसभामा अहिले एमसिसी सम्झौताका सम्बन्धमा छलफल जारी रहेको छ ।