२०८३ साउन २८ गते | 13th of August 2026

एनआरएनएका नवनिर्वाचित अध्यक्षहरुले गरे पदबहाली

खुल्लामन्च
 प्रकाशित: २०७८ चैत १४ गते १३:०१

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा बद्री केसी तथा रविना थापाले पदबहाली गरेका छन्। सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा उनीहरुले पदबाहाली गरेका हुन्। निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाएर पदबहाली गराएका थिए।

उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे।  आइतबार अबेर संघको दशौं महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरेपछि पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए। नवनिर्वाचित तीनै  जना अध्यक्षहरूलाई निवर्तमान अध्यक्ष पन्तले आइतबार राति पद तथा गोपनियताको शपथ दिलाएका थिए।