२०८१ वैशाख १६ गते | 28th of April 2024

गोरखाली युवा अर्याललाई अमेरिकामा मानार्थ विद्यावारिधी

खुल्लामन्च
 प्रकाशित: २०७९ जेठ २२ गते १९:५४

सानफ्रान्सिस्को –  ऐतिहासिकता, एकता र गौरवको भुमी गोरखा जिल्लाबाट सुन्दर सपना बोकेर अमेरिका आएका चर्चित नेपाली युवा रियल्टर  क्यालिफोर्निया सान फ्रान्सिस्को निवासी अनिलबाबु अर्याललाई क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीले मानार्थ विद्यावारिधी पिएचडी उपाधि प्रदान गरेको छ ।


अर्याललाई नेपाली समुदायमा रियल स्टेट व्यवसाय मार्फत समुदायमा पु-याएको योगदान बापत सो उपाधि दिईएको हो । समुदायमा विभिन्न विधामा उत्कृष्ट योगदान पु-याउनेहरुलाई उक्त युनिभर्सिटीले पिएचडीको उपाधि प्रदान गर्ने गरेको छ । कोर बिजनेश एडमिनिष्ट्रेशनमा मानार्थ पिएचडी उपाधि प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी हुन पुगेका छन् ।

गोरखाका अर्याल सन् २००७ मा उच्च शिक्षाका लागि अमेरिकाको पश्चिम भर्जिनिया गएका थिए । सुरुमा भर्जिनिया स्थित माउण्टेन युनिभर्सिटीमा अध्ययन गरेपछि उनी क्यालिफोर्निया पुगेका थिए ।

उनले क्यालिफोर्निया स्टेट युनिभर्सिटी इष्ट वे बाट बायोकेमेष्ट्री र बिजनेश एडमिनिष्ट्रेशनको अध्ययन पुरा गरेका हुन् । उनी सन् २०१६ देखि मात्र रियल स्टेट व्यवसायमा संलग्न भएका हुन् । सन् २०२१ मा उनले इष्ट वे एशोसियसन अफ रियल्टर्स गोल्ड क्लब अवार्ड पाएका थिए भने सन् २०१८–२०२० मा उनी उत्कृष्ट प्रोड्युसर अवार्डबाट पुरस्कृत भए ।

सानफ्रान्सिस्कोलाई कर्म क्षेत्र बनाएर सफल ब्यवसायिक जीवन बिताईरहेका अर्याल  रियल्टर व्यवसायमा सम्भवत सबैभन्दा धेरै कारोबार गर्ने नेपाली हुन । डा. अर्यालको सफलताको लागि हार्दिक बधाई ।