काठमाडौँ – समाजवादी चिन्तक एवम नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिए ।
‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने, ‘अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।’ अस्पतालका डा. पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।