सल्यान – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको ‘वान एनसिसि वान च्यारिटी’ अन्तर्गत सल्यान जिल्लाको विकट स्थान कुमाख गाऊंपालिकाको वडा नं. १ टाट्के चौरमा निर्मित प्रसुती गृह तथा स्वास्थ्य सेवा केन्द्र भवनको निर्माण कार्य सम्पन्न गरी एक कार्यक्रमका बिच कुमाख गाऊंपालीकालाई हस्तान्तरण गरिएको छ ।
यस परियोजनाको ब्यबस्थापनको जिम्मा गाऊंपालीकाको रहेको छ भने चौरजहारी अस्पतालले (HDCS) प्रसुती गृहको नियमित अनुगमन गर्ने, स्वास्थ्यकर्मीलाई आबश्यक तालीम दिने, सेन्टरबाट सिफारिस गरिएका बिरामीलाई प्राथमिकताका साथ उपचार गर्ने जिम्मेवारी लिएको छ।
चौरीजहारी अस्पतालले यस प्रसुती गृहमा आज एक बृहत नि:शुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो । “उक्त स्वास्थ्य शिविरमा गर्भवती महिलाहरुको अनुहारमा देखिएको खुशीले मानवीय कार्यमा अझ सकृताका साथ लाग्ने प्रेरणा मिलेको” एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृण्णजिवी पन्थले बताएका छन् ।
स्मरणीय रहोस्, उक्त परियोजना हस्तान्तरणका लागि एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा ‘वान एनसिसी वान च्यारिटी’ का संयोजक पन्थ हाल नेपालमा छन् । यस परियोजनाले सल्यान जील्लाको बिकट गाऊ टाड्केका बासिन्दाहरुमा शुलभ स्वास्थ्य सेवा मार्फत मातृशिशु मृत्युदरमा कमी हुने हामीले बिश्वास लिएको पन्थले बताए ।
उक्त परियेजना सम्पन्न गर्नको लागी सहयोग गर्ने एनआरएनए अमेरिका, कुमाख गाऊंपालीका, मानव बिकास तथा सामुदायिक सेवा, चौरजहारी अस्पताल भवनको लागी ५ रोपनी जग्गा दान गर्नुहुने सिता राना र दले राना लगायत सरोकारवाला सम्पुर्णमा पन्थले आभार प्रकट गरेका छन् ।