२०८२ फागुन ९ गते | 21st of February 2026

लवक शहरमा दशै-तिहार सांस्कृतिक कार्यक्रम, राष्ट्रीय कलाकारहरूको जमघट हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७९ कार्तिक २ गते १७:२२

लवक, टेक्सास – यहि अक्टोबर २१ तारिख अर्थात् आगामी शुक्रवारका दिन अमेरिकाको टेक्सास राज्यको लवक शहरमा राष्ट्रीय कलाकारहरूको सहभागितामा विशेष सॉगीतिक कार्यक्रमको आयोजना गरिएको छ । दशैतिहारको अवसर पारेर हुन लागेको यस कार्यक्रममा गायकत्रयः यम बराल, दिपेश किशोर भट्टराई, सुरेन गौतम र रिमा विश्वकर्माको प्रस्तुति रहेको आयोजक पक्षले जानकारी दिएको छ । यहॉस्थित एक ला कोईन्ता ईन एण्ड सुईट नामक होटेलमा आयोजना गरिएको कार्यक्रममा डिजे संगीतको संयोजन न्यूयार्क निवासी सुर्य खड्काले गर्ने भएका छन् ।

बादलुको घुम्टोले ईलाम बजार छोपिदा, निष्ठुरिले छाडेर गईहाली लगायत सयौं गीतका लोकप्रिय गायक बरालदेखी एकै नजरमा माया बस्यो है, मलाई माफ गरिदेउ, भेडाको उनजस्तो लगायत दर्जनौं लोकप्रिय गीतका अर्का चर्चित गायक दिपेश किशोरको विशेष प्रतुतिले कार्यक्रममा सहभागीहरूलाई भरपूर मनोरन्जन दिनेछ । त्यसैगरि रेशमी पर्दा, बा आकाश हुन् लगायत दर्जनौ गीतका लोकप्रिय गायक सुरेन गौतमको प्रस्तुतले दर्शकहरूलाई थप मनोरन्जन प्रदान गर्ने आयोजक पक्षले विश्वास गरेको छ । कार्यक्रममा नेपाल आईडल र द भ्वाईस अफ नेपाल जस्ता रियालिटी शोहरूमा उद्घोषण गरेर निकै चर्चा कमाएकी कलाकार रिमा विश्वकर्माको प्रस्तुतिले कार्यक्रमको छुट्टै रौनक़ थपिने आयोजक पक्षको दावी छ । उनलाई उद्घोषणमा ग्लोबल टक कार्यक्रमका सन्चालक एवं नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष पत्रकार भोला आचार्यले साथ दिने वताईएको छ ।

यसका साथै कार्यक्रममा स्थानिय कलाकारहरूका प्रस्तुतिहरू पनि रहेका छन् । मनोरन्जनका साथै प्रवासमा रहेपनि गीतसंगीतको माध्यमबाट नेपाली कलासंस्कृतिलाई संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका संयोजक चन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।