२०८० फागुन १२ गते | 24th of February 2024

कसैसँग पनि बोल्दैनन् सन्दीप, दुब्लाउँदै गएका छन, एकोहोरो टोलाई मात्र रहन्छन

खुल्लामन्च
 प्रकाशित: २०७९ कार्तिक ३ गते १८:२७

काठमाडौं –  सन्दीप लामिछाने गौशाला हिरासतमा आफ्ना दिन काटिरहेका छन् । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने त्यहाँका कैदी बन्दीहरुसँग मात्रै होइन बाहिरबाट जाने आफन्तहरुसँग पनि त्यति बोल्दैनन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरासत कक्षमा रहेका उनी दिनदिनै दुब्ल्याउँदै गएका छन् । सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो । भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरील भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद गरेपछि उजुरी दर्ता गरेको थियो । गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो ।

जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आए पनि उनले आँफुहरु एउटै कोठाभित्र रात कटाएको भने स्विकारेका छन् । राती ति आरोपित युवती खाटमा सुतेको र आफु सोफामा ढल्कीएर रात कटाएको सन्दीपको दाबी छ । यद्यपी किशोरीले भने सोही रात आफु सन्दीपबाट दुई पटक बलात्कृत भएको आरोप लगाएकी छिन् ।